विश्वकपको स्वागत गर्न संसारभरका दर्शक आतुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विश्वकपको स्वागत गर्न संसारभरका दर्शक आतुर

एजेन्सी, २१ जेठ । यतिबेला संसारभर विश्वकप फुटबलको सरगर्मी छ । रुसमा हुने प्रतियोगितालाई स्वागत गर्न संसारभरका दर्शक आतुर छन् । तर, दर्शकका रोजाईका कतिपय खेलाडी भने यसपटक मैदानबाहिरै हुनेछन् । त्यसैले पनि आमदर्शकमा कौतहुलता बढेको छ ।

फ्रान्स यतिबेला दोस्रो विश्वकपको उपाधी जित्ने दाउमा छ । समग्रमा उनीहरुको क्यालिफाएर राउण्ड र फ्रेन्डली म्याच उत्कृष्ट छ । तर, फ्रान्सका किफायती खेलाडी बेन्जामे यसपाली मैदानमा उत्रने छैनन् ।

२०१८ को च्याम्पियन्स लिग बिजेता स्ट्राइकर २०१५ देखि राष्ट्रिय टिमबाट मैदानमा आएका छैनन् । यता, लोरेन्ट, डिमिट्री जस्ता खेलाडी पनि टिममा छैनन् । ब्राजिलमा पनि ड्यानी अल्भासको अभाव रहनेछ ।

स्पेनका डेनी कार्भाजलले पनि रसियाको विश्वकप यात्रामा सहभागिता जनाउने छैन् । इजिप्टलाई विश्वकपमा क्वालिफाईड गराउन महत्वपूर्ण भुमिका खेलेका मोहम्मद सल्लाहको सहभागिता पनि अनिश्चित छ ।

हुन त उनले आफू ठिक भइसकेको सामाजिक सञ्जाल मार्फत बताएका छन् । तर, उनी विश्वकप सुरु भएको तीन सातापछि मात्र खेल्न पाउने अधिकारीहरुले जनाएका छन् । लिभरपुलका स्टार स्ट्राइकर सल्लाह च्याम्पियन्स लिगको फाइनल खेलमा घाइते भएका थिए ।

यता, नेइमार बल्ल मैदानमा उत्रिएका छन् तर उनी फर्ममा फर्किनसकेको प्रशिक्षक टेटे बताउँछन् । नेइमार पनि च्याम्पियन्स लिगमा भएको मार्सिलेविरुद्धको खेलमा खुट्टामा चोट लागेर घाइते भएका थिए ।

यस्तै जर्मनीका बलिया डिफेन्डर जेरोमको पनि घरेलु खेलमा थाइ इन्जुरी भएको थियो । तर, उनी मैदानमा उत्रिने सम्भावना अझै छ । यता, जर्मनीका म्यानुएल न्युयर पनि पुरै ठिक नभएको अवस्था छ ।

उनी मैदानमा आएनन् भने जोचिम लोभका अनुसार टिमलाई अभाव हुने बताइएको छ । बेल्जिएमका प्रभावकारी स्ट्राइकर मिच्ची पनि घाइते छन् तर उनको गेम हेर्न पाइने सम्भावना अझै रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);