नजिकिँदै विश्वकप : ५ पटक उपाधी चुमेको ब्राजिलको चर्चा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

नजिकिँदै विश्वकप : ५ पटक उपाधी चुमेको ब्राजिलको चर्चा

एजेन्सी, १७ जेठ । ब्राजिलले सबैभन्दा धेरै ५ पटक विश्वकप फुटबलको उपाधि उचालिसकेको छ । ब्राजिल र फुटबल एकअर्काको परिपुरकजस्तै बनेको छ । हरेक विश्वकपमा ब्राजिलको चर्चा हुन्छ । यस पटक पनि समर्थकहरुले ब्राजिललाई प्रमुख उपाधि दाबेदारको रुपमा प्रस्तुत् गरेका छन् ।

ब्राजिलले हरेक विश्वकपमा सहभागिता जानाउँदै आएको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि चुमेको छ । फुटबल खेलाडिहरुको देश भनेर चिनिने ब्राजिलले हरेक विश्वकपमा नयाँ–नयाँ अनुहारलाई मैदानमा उतार्छ ।

ब्राजिलले पेले, रोनाल्डो, रिबाल्डो, रोनाल्डिनो, काका जस्ता विश्वचर्चित खेलाडी जन्माइसकेको छ । जसका थुप्रै अन्तर्राष्ट्रिय फुटबल रेकर्डहरु छन् । यसपाली पनि ब्राजिलको टोलीमा थुप्रै नयाँ र युवा खेलाडीहरु देख्न सक्छौँ ।

रुसी विश्वकपका लागि ब्राजिलले सार्वजनिक गरेको २३ खेलाडीको सूचीमा गोल रक्षकको रुपमा एलिस्सन, इडर्सन, र क्यास्सियोले आफ्नो स्थान पक्का गरेका छन् । डिफेन्डरमा र्मासेलो, डानिलो, फिलिप लुइज, पmयाग्नर, माक्यिुनहोस, थियागो सिल्भा र मिरेन्डा, पेड्रो गेरोमेल रहनेछन् ।

मिडफिल्डरमा उहीलिएन, फेर्नान्डिन्हो, पाउलहिन्हो, फिलिप काउटिन्हो, रेनाटो अगष्टो र फ्रेड छन् । र फर्वाडमा नेइमार, गाब्रियल जिजस, रोर्बटो फिर्मिनो, डगलास कोस्टा र टाइसन रहेका छन् ।

पुराना र नयाँ खेलाडी समायोजनले राम्रो नतिजा ल्याउने ब्राजिलको अपेक्षा छ । जसको कोचको भुमिका एडेन लियोनार्दो बसिचि रहेका छन् । ब्राजिलका स्टार स्ट्राइकार नेइमार दर्शकको मुख्य रोजाईमा पर्नेछन् ।

नेइमारको आक्रमक प्रस्तुतीका कारण ब्राजिलिएन विश्वकप २०१४ मा ब्राजिल सेमी फाइनलसम्म पुगेको थियो । क्वार्टर फाइनलमा कोलम्बियाबीचको खेलमा नेइमार घाइते भएका थिए ।

नेइमारबिना सेमीफाइनलमा जर्मनीसँग भिडेको ब्राजिलले जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोरेको थियो । यसपाली सो हारको बदला लिने दाउमा ब्राजिल छ । नेइमारको कन्फिडेन्ट, उनको स्किल र आक्रमक क्षमता, फिलिप काउटिन्हो र ग्राबिएल जिजसको समायोजनको खेलले ब्राजिल पुरानै लयमा फर्किएको छ ।

ब्राजिलका बलिया डिफेन्डर मार्सेलो विपक्षीलाई कन्फिडेन्सका साथ छलाउनमा माहिर छन् । उनी कहिलेकाहीँ आफ्नो ठाउँ छाडेर अगाडी जान्छन् । जसको कारण डिफेन्डीङ खुकुलो हुनेछ ।

उनको यो कन्फिडेन्स टिमका लागि घातक हुने सम्भावना छ । यसैले उनी यथास्थानमा रहिरहन आवश्यक छ । ब्राजिलिएन विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका डेबिड लुइजले भने टिममा स्थान बनाउन सकेनन् ।

समग्रमा ब्राजिल बलियो दाबेदारको रुपमा उत्रिने समर्थकहरुको विश्वास छ । ब्राजिलले रुसी विश्वकपमा पहिलो खेल जुन १७ मा सुइजरल्याण्डबिरुद्ध खेल्ने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);