आयोजक रसियाद्वारा इजिप्ट ३–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आयोजक रसियाद्वारा इजिप्ट ३–१ ले पराजित

rasiya

काठमाडौं, ६ असार । आयोजक रसियाले इजिप्टलाई ३–१ गोलले हराउँदै विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेशको निश्चितता कायम गरेको छ ।

मंगलबार राति भएको खेलमा आयोजक राष्ट्र रुसले इजिप्टलाई ३–१ गोलले पराजित गरेपछि अन्तिम १६ मा प्रवेश सहज देखिएको हो । रसियाले विश्वकपको उद्घघाटन खेलमा एशियाली राष्ट्र साउदी अरेवियालाई ५–० ले हराएको थियो । दुबै खेलमा जीतसँगै रसियाको ६ अंक भएको छ ।

रसियाले उरूग्वेसँग समूह चरणको अन्तिम खेल खेल्न बाँकी छ । मंगलबार रातिको खेलमा सुरुवातमा इजिप्त केही आक्रामक देखिएको थियो । खेलको ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल नियन्त्रण गर्न खोज्दा उनले आफ्नै पोष्टमा गोल गर्न पुगे । आत्मघाती गोलबाट अग्रता कायम भएपछि हौसिएको रसियाले खेलको ५९ औं मिनेटमा गोल थप्दे आफ्नो अग्रतालाई दोब्बर बनायो ।

त्यसपछि रसियाले दोस्रो गोल गरेको तीन मिनेटमा अर्को गोल थप्यो र टीमको अग्रतालाई ३–० मा पु¥यायो । खेलको ७३ औं मिनेटमा इजिप्टले पेनाल्टी गर्ने मौका पायो । रसियाका खेलाडीले महोम्मद सालेहलाई डिवक्समा लडाएपछि प्राप्त पेनाल्टीको अवसरलाई उनले गोलमा परिणत गर्दै इजिप्टलाई खेलमा फर्काउने प्रयास गरे तर रसियाको पोस्टमा निरन्तर आक्रमणका बाबजुत पनि इजिप्टले आफ्नो हार बदल्न सकेन ।

आज हुने खेलमा उरूग्वेले साउदी अरबलाई जितेमा रसिया अन्तिम १६ मा प्रवेश गर्नेछ भने इजिप्ट घर फर्किनेछ । आजै स्पेन र इरान तथा पोर्चुगल र मोरक्को बीचको खेल हुँदैछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);