विश्वकप दाबेदार टिमका समर्थक पहिलो चरणका खेलबाट निरास | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

विश्वकप दाबेदार टिमका समर्थक पहिलो चरणका खेलबाट निरास

world cup results

काठमाडौं, ५ असार । यतिबेला रुस विश्वकपले नेपाली फुटबलप्रमीलाई पनि तताएको छ । चिया पसलदेखि सामाजिक संजालामा पनि विश्वकपकै चर्चा परिचर्चा छ । तर विश्वकपको दाबेदारका रुपमा हेरिएका टिमहरुले पहिलो चरणको खेलमा उत्साहजनक प्रदर्शन नगर्दा सामाजिक संजालमा विभिन्न टिकाटिप्पणी भएका छन् ।

पहिलो चरण्को खेलमा विश्वकपको दाबेदारका रुपमा हेरिएका ब्राजिल, जर्मनी, स्पेन, अर्जेन्टिना र पोर्चुगलले उत्साहजनक प्रदर्शन गर्न सकेनन् । डिफेन्डिङ च्याम्पिएन जर्मनीलाई मेक्सिकोले पराजित गर्‍यो भने अन्य टिमले बराबरी खेले । आफुले समर्थन गरेको टिमले अपेक्षा भन्दा विपरित खेलेपछि समर्थकहरु निरास भएका छन् ।

आफुले समर्थन गरेको टिमको जर्सी लगाएको फोटोले पनि सामाजिक संजाल रङ्गीचङगी देखिन्छ । अर्कोतर्फ फुटबलका शक्तिराष्ट्र भनिएका टिमले खराब प्रदर्शन गरेपछि यो पटक अपेक्षा गरेको भन्दा विपरित टिमले विश्वकप उचाल्लने त हैन भन्ने टिकाटिप्पणी हुन थालेको छ ।

यसै सन्दर्भमा कांग्रेस नेता विश्वप्रकाश शर्मा ट्विट गर्छन – ब्राजिलको पनि ड्र अर्जेन्टिनाको पनि ड्र, पोर्चुगल र स्पेनको ड्र,जर्मनीको पराजय, यो पटकको विश्वकप सबै पुर्व अनुमानहरु भन्दा के पुरै भिन्न बन्दैछ ??

त्यस्तै मञ्जरी लेख्छिन –ब्राजिल, अर्जे्न्टिना, जर्मनीका खेलाडीलाई समेत ‘कसले विश्वकप जित्ला भन्ने थाहा हुदैन’ तर,नेपालीलाई सोध्नुस् त, फ्याट्टै फलानो देशले जित्छ भन्दिन्छन्।

समाजिक संजालमा अर्जेन्टिनाका स्ट्राइकर लियोलन मेस्सीले मिस गेरको पेनाल्टि, ब्राजिलका स्ट्राइकर नेइमार खेल अवधिभर लडेको विषय र पोर्चुगलका स्ट्राइकर क्रिस्टीयानो रोनाल्डोले ह्याट्रिक गरेको विषय पनि सामाजिक संजालमा चर्चाको विषय बनेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);