एशियाली देशले कहिले जित्लान् विश्वकप फुटबल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एशियाली देशले कहिले जित्लान् विश्वकप फुटबल

काठमाडौं, २० मंसिर । कतार विश्वकप एशियाली देशका लागि आशालाग्दो प्रतियोगिता थियो । समूह चरणको खेलमा एशियाली देशहरुले सनसनीपूर्ण प्रदर्शन गरे ।

जापानले जर्मनी र स्पेन जस्ता विश्वकप जितिसकेका देशलाई पराजित गर्न सक्यो । साउदी अरबले विश्वकप विजेता रहिसकेको अर्जेन्टिनालाई पराजित गरी सनसनी मच्चायो । दक्षिण कोरियाले पनि पोर्चुगललाई समूह चरणको अन्तिम खेलमा पराजित गरी दाबेदारी प्रस्तुत गर्न सक्यो ।

समूह चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गर्न सकेको साउदी अरबले बाँकी खेलहरु हारेर नकआउट चरणमा स्थान बनाउन सकेन । इरान पनि समूह चरण पार गर्न सकेन । एशिया प्यासिफिक क्षेत्रबाट जापान, दक्षिण कोरिया र अष्ट्रेलिया प्रि क्वाटरफाइनलमा पराजित भए । योसँगै कतार विश्वकप जित्ने एशियाली देशको सपना समाप्त भयो ।

विश्वकप फुटबलमा एशियाली देशको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शन दक्षिण कोरियाको रह्यो । जापान र दक्षिण कोरियाले संयुक्त रुपमा आयोजना गरेको सन् २००२ को विश्वकपमा कोरिया सेमिफाइनल सम्म पुगेको थियो । साउदी अरब क्वाटरफाइनलसम्म पुगेको इतिहास छ ।

यसपटक इतिहास निर्माणको नजिक पुगेपनि जापान क्रोएशियासँग स्तब्ध हुँदा चुकेको छ । एशियाली देशहरु यसपटक क्वाटरफाइनलसम्म पनि पुगेनन् । अहिलेसम्म विश्वकपको फाइनलमै पुग्न नसकेकाले एशियाली देशका लागि विश्वकप जित्ने सपना अझै टाढाको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);