विश्वकप जितिसकेका यी टोली स्तब्ध | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

विश्वकप जितिसकेका यी टोली स्तब्ध

विश्वकप फुटबलमा रोचक परिणामहरु आए । समूह चरणको खेल समाप्तिपछि नकआउट चरणमा खेल्ने १६ टोलीको टुंगो लाग्दा कुनै पनि देशले सबै खेल जित्न सकेनन् ।

चार पटक विश्वकप विजेता रहिसकेको जर्मनी र दुई पटक विश्वकप जितिसकेको उरुग्वे समूह चरणबाट बाहिरिएका छन् । बेल्जियम, मेक्सिको, डेनमार्क जस्ता फुटबलमा बलिया देश नकआउट चरणमा पुग्न सकेनन् । इंग्ल्यान्ड र मोरक्कोले मात्र कुनै खेल हारेनन् । तर, उनीहरुले पनि समूह चरणमा शतप्रतिशत अंक जोड्न सकेनन् । कतार विश्वकपमा जापानले समूह चरणमा जर्मनी र स्पेनलाई पराजित गरेर इतिहास रच्यो ।

क्यामरुनले पाँच पटकको विश्वकप विजेता ब्राजिलमाथि जित निकाल्न सक्यो । दक्षिण कोरियाले रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलमाथि जित निकाल्यो । साउदी अरबले अर्जेन्टिनामाथि ऐतिहासिक जित निकाल्यो । मोरक्कोले बेल्जिमलाई स्तब्ध पा¥यो । समूह चरणको रोचक परिणामहरुले यसपटक विश्वकपमा कुन देश बढी बलियो भन्ने अनुमान लगाउन कठिन हुने अवस्था देखिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);