काठमाडौं । अमेरिकालाई ३–१ ले पराजित गर्दै नेदरल्यान्ड्स कतार विश्वकप २०२२ को क्वार्टरफाइनलमा स्थान बनाएको छ । शनिबार राति खलिफा अन्तर्राष्ट्रिय मैदानमा नेदरल्यान्ड्सलाई जित दिलाउँन मेम्फिस डिपाए, डेले ब्लाइन्ड र डेन्जेल डम्फ्रिसले एक-एक गोल गरेका थिए । खेलको १०औं मिनेटमा डम्फ्रिसको पासमा नेदरल्यान्ड्सलाई डिपाएले अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा डम्फ्रिसकै पासमा डेले ब्लाइन्डले अग्रता दोब्बर पारे ।खेलको ७८औं मिनेटमा अमेरिकाका हाजी राइटले अमेरिकालाई खेलमा फर्काउने प्रयास गरे । तर, ८१औं मिनेटमा डम्फ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे । अमेरिका बाहिरिएसँगै जारी विश्वकपमा उत्तर तथा मध्य अमेरिकी टोलीहरुको चुनौती समाप्त भएको छ । अमेरिका अघि मेक्सिको, क्यानाडा र कोस्टारिका समूह चरणबाटै विदा भइसकेका थिए ।
अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
ताजा समाचार
आज रास्वपाको संसदीय दलको बैठक
२८ मिनेट अघि
प्रतिनिधि सभाको बैठक बस्दै
३२ मिनेट अघि
एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज समापन हुँदै
३४ मिनेट अघि
पहिलो गभर्नर हिमालयशमशेर राणाको ९५ वर्षमा निधन
१ घन्टा अघि