टोटनहामको रियलविरुद्व एतिहासिक जित | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

एजेन्सी, १६ कार्तिक । च्याम्पियन्स लिग अन्तगर्त गए राति भएको खेलमा इङ्लिस टोली टोटनह्यामले रियल मड्रिडलाई ३ १ ले हराउँदै जित हात पारेको छ।

पहिलो हाफको २७ औँ मिनेट केरियन ट्रिप्पिएरको पासमा डेले अल्लीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै दोस्रो हाफको ५६ औँ मिनेटमा डि बक्सको छेउबाट सुन्दर प्रहार गर्दै अल्लीले टोटनह्यामको अग्रता दोब्बर बनाए ।

खेलको ६५ औँ मिनेटमा ह्यारी केनको पासमा क्रिस्टियन एरिक्सनले सहज गोल गरेपछि टिमले आफ्नो जित सुनिश्चित गरेको थियो। खेलको अन्तिम १० मिनेटमा रियलका लागि क्रिष्टियानो रोनाल्डोले सान्त्वना गोल गरेका थिए। यस जितसँगै टोटनह्याम ४ खेलमा १० अंकसहित अन्तिम १६ मा पुग्न सफल भएको छ।

समूहमा रहेका बोरुसिया डर्टमन्ड र एपोएल निकोसियाले बराबरी खेलेका छन् । त्यसैले यस नतिजाले रियलको छनोटको सम्भावनामा भने खासै असर पारेको छैन। घरेलु लिगमा जिरोनाविरुद्ध पनि आश्चर्यजनक हार बेहोरेको रियलको ७ अंक छ भने डर्टमन्ड र निकोसियाको समान दुई अंक रहेको छ ।

ताजा समाचार