इंग्लिस प्रिमियर लिग : हट्सपरद्वारा एभरटन ६–२ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

इंग्लिस प्रिमियर लिग : हट्सपरद्वारा एभरटन ६–२ गोल अन्तरले पराजित

game

काठमाडौं, ९ पुस । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनह्याम हट्सपरले एभरटनलाई फराकिलो अन्तरमा हराएको छ ।

घरेलु मैदान गुडिसन पार्कमा भएको खेलमा टोटेनह्याम हट्सपरले एभरटनलाई ६–२ गोल अन्तरमा हराएको हो । सुरूवाती अग्रता लिए पनि घरेलु मैदानमै एभरटनले आधा दर्जन गोल खानुपर्याे । खेलको २१ औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनको पासमा वाल्कटले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २७ औं मिनेटमा दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले गोल गर्दै बराबरी गोल फर्काए । खेलको ३६ औं मिनेटमा डेले अलीले गोल गर्दै टोटनह्यामको अग्रता दोब्बर पारे ।

पहिलो हाफको अन्तिम तीन मिनेटमा इंग्लिस फरवार्ड ह्यारी केनले गोल गर्दै टिमले पहिलो हाफमा ३ –१ को अग्रता लियो । दोस्रो हाफमा पनि टोटेनहमले थप आक्रमक खेल खेल्दै तीन गोल थप्यो । दोस्रो हाफको सुरुवातमा क्रिस्टियन एरिक्सनले उत्कृष्ट गोल गर्दै टिमको अग्रता ४ – १ मा पु¥याए । गिल्फी सिगार्डसनले ५०औं मिनेटमा गोल गर्दै एभरटनलाई खेलमा फर्काउने प्रयास गरे । तर, ६१ औं मिनेटमा एरिक लामेलाको पासमा सनले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । खेलको ७४ औं मिनेटमा ह्यारी केनले सनकै पासमा गोल गर्दै फराकिलो जित पक्का गराए ।

जितसँगै टोटेनहम लिगको तेस्रो स्थानमा उक्लिएको छ । उसले साविक विजेता म्यानचेस्टर सिटीसँगको दुरीलाई २ अंकमा झारेको छ । शीर्ष स्थानको लिभरपुलले १८ खेलमा ४८ अंक जोड्दा म्यानचेस्टर सिटी ४४ र टोटेनहम ४२ अंकमा छन् । चेल्सी र आर्सनलको समान ३७ तथा म्यानचेस्टर युनाइटेडको २९ अंक रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);