पिएसजीको शानदार जित, डिफेन्डर लेभिनको ह्याट्रिक | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

एजेन्सी, १५ कार्तिक। च्याम्पियन्स लिगको समूह ‘बि’ अन्तगर्त भएको खेलमा पेरिस सेन्ट जर्मन (पिएसजी) ले एन्डरलेक्टलाई हराउँदै ५-०को जित हात पारेको छ । पिएसजीलाई जित दिलाउन डिफेन्डर लेभिन कुर्जावाले ह्याट्रिक गर्दै च्याम्पियन्स लिगमा इतिहास रचेका छन्।

पहिलो हाफको ३० औँ मिनेटमा किलियन बाप्पेको पासमा मार्को भेराट्टिले गोल गर्दै पिएसजीको गोलको खाता खोलेका थिए । त्यस्तै पहिलो हाफकै अन्तिम मिनेटमा डि(बक्स बाहिरबाट नेइमारले. गोल गरेपछि टिमले २ ० को अग्रता पाएको थियो।

खेलको दोस्रो हाफमा पिएसजीका लागि ३ गोल नै डिफेन्डर लेभिन कुर्जावाले गरेका थिए जुन ह्याट्रिक सावित भएको थियो।यस प्रदर्शनसँगै कुर्जावा च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो डिफेन्डर बनेका छन् ।

त्यस्तै समूहको ‘बि’ को अर्को खेलमा बायर्न म्युनिखले सेल्टिकलाई २-१ ले हराएको छ । बायर्नको जितमा किङ्स्ली कोम्यान र जाभि मार्टिनेजले गोल गरेका थिए । शतप्रतिशत नतिजा कायम गरिरहेको पिएसजी र ४ खेलमा ९ अंक बटुलेको बायर्न अन्तिम १६ मा छनोट पनि भएका छन् ।

ताजा समाचार