मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

मेस्सीको गोल, सिटीमाथि पिएसजीको जित

काठमाडौं । स्टार खेलाडी लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन् । 

मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’को दोस्रो चरको खेलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दा पिएसजीका लागि पहिलो गोल हो । घरेलु मैदान पार्क डे प्रीन्सेसमा यो मेस्सीको पहिलो गोल हो । पिएसजीको जितमा मेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे । 

प्रतिस्पर्धात्मक खेलमा इन्ड्रिशाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता बनाए  । दोस्रो हाफको ७४ मिनेटमा मेस्सीले दोस्रो अग्रता बनाए  । खेलको ७४ मिनेटमा केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरे । एमबाप्पेसग वान टु पास खेल्दै मेस्सीले २० यार्डबाट गोल गरेका थिए । बार्सीलोनाबाट पिएसजी आएपछि मेस्स्सीले चौथो खेलमा गोल गरेका हुन् । 

जितसँगै पिएसजी समूह ‘ए’ को शीर्ष स्थानमा छ । २ खेलबाट ४ अंक छ । पराजित म्यान सिटीको भने २ खेलबाट ३ अंक छ । समूहको अर्को खेलमा क्लब ब्रुगले आर बी लाइपजिगलाई २-१ गोल अन्तरले पराजित गरेकाे छ ।

पछिल्लो समाचार

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);