मैदान फर्किए विमल घर्तीमगर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

मैदान फर्किए विमल घर्तीमगर

काठमाडौं । राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण क्रममा घुँडाको चोट बोकी कतार अस्पेटारमा उपचार गरेका विमल घर्तीमगर मैदान फर्किएका छन् । यसै हप्ता नेपाल फर्किएका विमल उमेर समूहको प्रशिक्षणमा फर्किएका हुन् । विमलले मंगलबारबाट प्रशिक्षण थालेका छन् ।

नेपाल यु-२३ टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले विमल व्यक्तिगत प्रशिक्षणमा फर्किएको बताए । ‘उ टोलीमा समावेश छैन । व्यक्तिगत प्रशिक्षणको लागि आएको हो,’ हाल एएफसी छनोटको लागि नेपाली टोली हेरिरहेका महर्जनले भने । 

यसअघि विमलले पुस पहिलो साता राष्ट्रिय टोलीको प्रशिक्षण क्रममा एन्टोरियल क्रुसियल लिगामेन्ट (एसिएल) को चोट बोकेपछि मैदान बाहिर रहँदै आएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतार फुटबल संघसँग सहकार्य गर्दै विमलको अस्पेटार अस्पतालमा शल्यक्रिया गरेको थियो । 

कतारमै शल्यक्रियापछि रिह्याबमा रहेका विमल यसै साता नेपाल फर्किएका हुन् । विमलले सोमबारबाट व्यक्तिगत प्रशिक्षण सुरु गरेको बताए ।

प्रशिक्षक महर्जनले टिम डाक्टर र फिजियो निर्देशनअनुसार विमलले टोलीसँगै प्रशिक्षण गरिरहेको तर टोलीमा भने नरहने बताए । 

‘फिजियो डक्टरको निर्देशनअनुसार प्रशिक्षण गरेको छ । हामीले सहयोग गरेका हौं । फिजिकल कन्ट्याक अनुसार एक्ससाइज गरेको छ । टिममा आउने अवस्था छैन,’ एन्फा एकेडेमीमा विमललाई प्रशिक्षण दिएका बालगोपालले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);