एएफसी यू-१९ फुटबल : आज नेपाल र बहराईन भिड्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाडौं, १६ कार्तिक । एएफसी अण्डर नाईन्टिन फुटबल च्याम्पियनसिप छनोट चरणको दोस्रो खेलमा आज नेपाल र बहराईन भिड्ने भएका छन्। पहिलो खेलमा आयोजक किर्गीस्तानसँग नेपाल २-० ले पराजित भएको नेपालका लागि बहराईन विरुद्धको खेल पनि त्यति सहज भने हुने छैन।

आज बहराईनसँग पराजित भएको खण्डमा नेपालको छनोट यात्रा कठिन बन्नेछ। समूह ‘ए’ मा रहेको नेपालले छनोटको तेस्रो खेलमा आगामी शनिबार युएईसँग खेल्नेछ। पाँच टोली सहभागी समूहको अन्तिम खेलमा नेपालले आगामी बुधबार ओमानसँग खेल्नेछ। छनोटमा समूहको शीर्ष स्थानमा रहने टोली फाइनल चरणको लागि छानिनेछ।

त्यस्तै दोस्रो हुने मध्ये उत्कृष्ट ५ टिम र आयोजक पनि फाइनल चरणका लागि छनोट हुनेछन्। फाइनल चरणमा पुग्ने टोलीले सन् २०१८ मा ईन्डोनेसियामा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिपमा सहभागिता जनाउन पाउनेछन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);