एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट : आज नेपालले इरानको सामना गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट : आज नेपालले इरानको सामना गर्दै

u-19 football team

काठमाडौं, २२ कात्तिक । एसियाली फुटबल परिषद् एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट अन्तर्गत शुक्रबार नेपालले घरेलु टोली इरानको सामना गर्दैछ । छनोट पहिलो खेलमा संयुक्त अरब इमिरेट्स युएइसंग हार व्यहोरेको नेपालले दोस्रो खेलमा बलियो टिम इरानको सामना गर्न लागेको हो ।

नेपाल र इरानबीचको खेल इरानको पीएएस रंगशालामा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । रेजिन सुब्बाको कप्तानीमो नेपाल यस अघि युनाईटेड अरब ईमिरेटसँग ४–० गोल अन्तरले पराजित भएको थियो । इरानले आफ्नो पहिलो खेलमा किर्गीस्तानलाई ३ – ० गोल अन्तरले पराजित गरेको थियो । शुक्रबार नै हुने पहिलो खेलमा युएई र किर्गीस्तान बीच खेल हुँदैछ ।

समूह डी मा इरान र युएईको समान ३ अंक रहेको छ । गोल अन्तरका आधारमा युएई पहिलो स्थानमा छ भने इरान दोस्रो स्थानमा छ । नेपाल र किर्गीस्तान भने अंक विहीन रहँदै तेस्रो र चौथो स्थानमा छन् । छनोट चरणको अन्तिम खेलमा नेपालले आगामी आईतबार किर्गीस्तानको सामना गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);