यू-१५ पुरुष फुटवल च्याम्पियनसिपमा नेपालको दोश्रो जित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

यू-१५ पुरुष फुटवल च्याम्पियनसिपमा नेपालको दोश्रो जित

u-15 saff

काठमाडौं, १० भदौ । भारतमा जारी पाँचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ ।

भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिकको विजेता बंगलादेशलाई ४–१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो ।

कल्याणी रंगशालामा नेपाललाई जित दिलाउन कृष्ण यादवले दुई गोल गरे । यस्तै सुगन जिमी र प्रदिप लम्सालले एक एक गोल गरे ।

बंगलादेशका मियाँले एक गोल फर्काए । जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ भने नेपाल खेल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

जितसँगै नेपालले शीर्ष दुईमा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । तेस्रो स्थानमा झरेको बंगलादेशको पनि ३ खेलबाट ६ अंक रहेको छ ।

अब नेपालले अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५–० गोल अन्तरले पराजित भएको थियो ।

तर, दोस्रो खेलमा नेपालले श्रीलंकालाई २–० ले हराएको थियो । प्रतियोगितामा नेपालसहित साविकको विजेता बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);