साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

u-15 nepal

काठमाडौं, १० भदौ । भारतमा जारी पाचौं संस्करणको साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । भारतको कल्याणी रंगशालामा नेपालले आप्mनो तेस्रो खेलको रुपमा बंगलादेशसँग खेल्न लागेको हो । नेपालले दिउसो सवा ३ बजेपछि बंगलादेशसँग खेल्नेछ ।

उपाधि जित्ने लक्ष्य लिएको नेपाललाई शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाउन बंगलादेशविरुद्ध स्पष्ट जित आवश्यक छ । यसअघि २ खेल खेलिसकेको नेपाल समुह तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले २ खेलबाट ३ अंक जोडेको छ । समान २ खेलबाट ६ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । शीर्ष स्थानको भारतको पनि ६ अंक रहेको छ ।

नेपाल पहिलो खेलमा भारतसँग ५– ० गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलंकालाई २ – ० ले हराएको थियो । नेपालले बंगलादेशपछि अन्तिम खेलमा बिहिबार भुटानको सामना गर्नेछ । राउण्ड रोविनको आधारमा खेलाईने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);