इटालियन सिरी ए फुटबल: मिलानद्वारा लीसी पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

इटालियन सिरी ए फुटबल: मिलानद्वारा लीसी पराजित

football

एजेन्सी, १० भदौ । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत सोमबार राति भएको सिजनको आफ्नो पहिलो खेलमा इन्टर मिलानले लीसीलाई ४–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा हालै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट इन्टर मिलान गएका रामेलु लुकाकुले सिरी ए डेब्यु खेलमा गोल गरे । उनीसहित इन्टर मिलानको जितमा मार्सेलो ब्रोजोविक, स्टेफानो सेनसी र एन्टोनियो क्यानड्रेवाले गोल गरे । ब्रोजोविकले २१ औँ तथा सेनसीले २४ औँ मिनेटमा गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लियो ।

लुकाकुले ६० औँ मिनेटमा गोल गर्दै इन्टरको अग्रता ३–० मा लगे । ७६ औँ मिनेटमा फारिएसले सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लीसी १० खेलाडीमा सीमित भयो । ८४ औँ मिनेटमा क्यानड्रेभाले गोल गरेपछि इन्टर मिलान ४–० ले विजयी भयो । लुकाकुले युनाइटेडका लागि ९६ खेलमा ४२ गोल गरेका थिए । उनी सन् २०१७ जुलाईमा ७५ मिलियन एभर्टनबाट युनाइटेड आएका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);