नेपालद्धारा चाईनिज ताईपेई २–० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

नेपालद्धारा चाईनिज ताईपेई २–० गोल अन्तरले पराजित

काठमाडौँ।  फिफा विश्वकप–२०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोट खेलमा नेपालले दोस्रो जित निकालेको छ ।

बिहीबार कुवेतको सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको खेलमा चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गर्दै नेपालले छनोटमा दोस्रो जित निकालेको हो । नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका छन् ।

खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए भने खेलको ८१ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका नवयुगले अर्को एक गोल गर्दै नेपाललाई २–० गोल अन्तरले जित दिलाएका छन् ।

जितसँगै छनोटको समूह ’बी’ मा रहेको नेपालले ६ खेलमा ६ अंक जोडेको छ । नेपाल तालिकाको चौंथो स्थानमा रहेको छ । चाईनिज ताईपेको यो छैटौं हार हो । अंक विहीन ताईपे तालिकाको पुछारमा रहेको छ ।

अब नेपालले जेठ २४ मा जोर्डन र २८ मा एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका भने गुमाईसकेको छ । तर नेपाललाई बाँकी खेलमा जित निकाल्दै एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर रहेको छ ।

यस समूहमा ४ खेलबाट शत प्रतिशत जितसहित १२ अंक जोडेको अष्ट्रेलिया शीर्ष स्थानमा छ । ५ खेलबाट समान १० अंक बनाएका कुवेत र जोर्डन गोल अन्तरका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);