विश्वकप छनोटमा अष्ट्रेलियाद्वारा कुवेत पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

विश्वकप छनोटमा अष्ट्रेलियाद्वारा कुवेत पराजित

एजेन्सी ।  सन् २०२२ को विश्वकप छनोटमा अष्ट्रेलियाले कुवेतलाइ पराजित गरेको छ ।

एसियाली छनोट अन्तर्गत समुह बीको खेलमा बिहिबार राति अष्ट्रेलियाले कुवेतलाई ३–० गोल अन्तरले पराजित गरेको हो ।

अष्ट्रेलियाको जितमा म्याथ लेकी, ज्याकसन इर्भिनी र एजडिन हास्टिकले एक एक गोल गरे । अष्ट्रेलियाले पहिलो मिनेटमै खेलमा अग्रता बनाएको थियो । लेकीले हेडमार्फत सहज गोल गर्दै पाहुना टोली अष्ट्रेलियालाई जित दिलाए ।

ज्याकसनले पेनाल्टीमा गोल गर्दै २४ औं मिनेटमा अष्ट्रेलियाको अग्रता दोब्बर बनाए । एजडिनले ६६ औं मिनेटमा अष्ट्रेलियाका लागि तेस्रो गोल गरेका थिए । दोस्रो हाफमा घरेलु टोली कुवेतले सुधारिएको प्रर्दशन गरेपनि गोल निकाल्न सकेन ।

जितसँगै अष्ट्रेलियाले समूह विजेता बन्दै छनोटको तेस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);