नेपाल एएफसी यू –१९ च्यापिम्पयनसिप छनोटबाट बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

नेपाल एएफसी यू –१९ च्यापिम्पयनसिप छनोटबाट बाहिरियो

nepal vs iran

काठमाडौं, २३ कात्तिक । नेपाल एएफसी यू –१९ च्यापिम्पयनसिप छनोट फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । छनोट अन्तर्गत शुक्रबार भएको समूहको दोस्रो खेलमा इरानसँग ४–० गोलको फराकिलो अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।

बलियो इरानलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । खेलको ७७ औं मिनेटमा मोहमदमह्दी अहमादीले गोल गर्दै इरानलाई सुरुवाती अग्रता दिलाए ।

८५ औं मिनेटमा कप्तान अहमद रिजा जिलालीले गोल गर्दै इरानको अग्रता २–० को बनाए । ८६ औं मिनेटमा अलिरिजा मोनाजामीले र ९० औं मिनेटमा एरिया बार्जेगरले गोल गर्दै इरानलाई ४–० को जित दिलाए ।

जितसँगै समूह डीमा २ खेलमा ६ अंक जोडेर इरान शीर्ष स्थानमा रहेको छ । पुछारमा रहेको नेपालले अंक जोड्न सकेको छैन । छनोटको पहिलो खेलमा नेपाल युनाइटेड अरब ईमिरेट युएईसँग ४–० गोल अन्तरले पराजित भएको थियो ।

इरानले भने पहिलो खेलमा किर्गीस्तानलाई ३–० गोल अन्तरले पराजित गरेको थियो शुक्रबार भएको पहिलो खेलमा किर्गीस्तानले युएईलाई २–० ले हराएको छ ।

अब नेपालले छनोटको अन्तिम खेलमा आईतबार किर्गीस्तानको सामना गर्नेछ । यस समूहको शीर्ष टिमले फाइनल चरणमा स्थान बनाउने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);