तीन सातामा दक्षिण एसियाली खेल तर, तयारी भद्रगोल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

तीन सातामा दक्षिण एसियाली खेल तर, तयारी भद्रगोल

dasarath rangasala

काठमाडौं, २३ कात्तिक । एक वर्षअघि नै नेपालमा सम्पन्न हुनुपर्ने दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) तीनपटक म्याद थपेर १५ मंसिरमा गर्ने तयारी छ । तर, तीन साता मात्रै बाँकी हुँदा पूर्वाधार तयारी भने अपूरो छ । साग उद्घाटन हुने दशरथ रंगशालाको भिभिआइपी प्यारापिटको छानो अहिलेसम्म चीनमै छ ।

प्यारापिटको छानो जहाजबाट काठमाडौं ल्याउने तयारी भइरहेको खेलकुदमन्त्री जगत विश्वकर्मा बताउँछन् । ‘थप रकम खर्चेर भए पनि हवाईजहाजबाटै कार्गो गरी छानो ल्याउँछौँ,’ उनले भने । समयमै छानो आएन भने दर्शक, खेलाडी तथा अफिसियल खुला आकाशमुनि बस्नुपर्ने अवस्था हुन सक्छ । १५ मध्ये छानोका लागि पाँचवटा पिलर ठड्याइएकोमा १० वटा राख्न बाँकी नै छ । समयमै काम सक्न आफू राति अबेरसम्म पनि रंगशालामै खटिएको मन्त्री विश्वकर्मा बताउँछन् ।

काठमाडौं, ललितपुर, पोखरा र जनकपुरका विभिन्न स्थलमा खेल हुनेछन् । पौडी प्रतियोगिताका लागि सातदोबाटो पौडी पोखरी निर्विकल्प हो । नियमअनुसार अन्तर्राष्ट्रिय पौडी आयोजना गर्न आठ लेनको पोखरी हुनुपर्छ, यो मापदण्ड सातदोबाटो पोखरीमा मात्रै छ । तर, पूर्वाधार निर्माण सकिएको छैन ।

जाडोमा प्रतियोगिता हुन लागेकाले अभ्यास र खेल तातोपानीमा गराउनुपर्छ । तर, हिटिङ प्रणाली अहिलेसम्म राखिएको छैन । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल भने प्रतियोगिताअघि नै हिटिङ प्रणाली जडान हुने दाबी गर्छन् । सरकारले बाँकी काम फास्ट ट्र्याकमा गर्न निर्देशन दिएको छ ।

यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);