सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

सबुद प्रमाण नष्ट हुने खतरा, ‘आलमलाई थुनामा राख्नुपर्छ’

alam

गौर, २३ कात्तिक । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ ।

रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा शुक्रबार दोस्रो दिन नेपाल सरकार र पीडित जाहेरवालाका तर्फबाट बहसमा उपस्थित सरकारी वकिल तथा कानुन व्यवसायीहरूले यस्तो माग गर्नुभएको हो । उहाँहरूले घटनासँग सम्बन्धित सबुद प्रमाण र साक्षीहरूको रक्षाका लागि आलमलाई थुनामुक्त नगर्न इजलाससमक्ष आग्रह गर्नुभयो ।

पूर्वमहान्यायाधिवक्ता डा. युवराज सङ्ग्रौलाले तत्काल प्राप्त प्रमाणहरू प्रतिवादी आलमविरुद्ध रहेकाले मुद्दा पुर्पक्षका सिलसिलामा थुनामै राख्न अनुरोध गर्नुभयो । “प्रमाण बुझ्दै जाँदा निर्दोष ठहरिए सफाइ पाउँछन्, दोषी देखिए सजाय पाउँछन्”, उहाँले भन्नुभयो, “अहिले नै विस्तृत अध्ययन गर्ने विषय होइन, साक्षी प्रमाणको रक्षा गर्न पनि थुनामा राख्नुपर्छ । ”

“आलम राजनीतिक नेता हुन्, पटक पटक सांसद र मन्त्री भइसकेका व्यक्ति हुन्, घटना भएको हो होइन, अपराध भएको हो होइन पछि निर्धारण गर्ने हो तर पीडित जाहेरवालाहरू, साक्षीहरू सर्वसाधारण हुन्, धेरै कुराबाट प्रभावित हुन सक्छन्”, डा. सङ्ग्रौलाले इजलासमा भन्नुभयो, “बम विस्फोटमा घाइते भएका व्यक्तिलाई उपचार गराइयोस् भनेर माग गर्दा इँटाभट्टामा जिउँदै हालेर मृत्यु दिइएको छ, यस्तो अवस्थामा कुनै पनि कुराबाट प्रभावित नहोस् भन्नका लागि थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्छ । ”

यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);