कांग्रेसका पूर्वसहमहामन्त्रीसहित तीन नेता पार्टीबाट निष्काशित (विज्ञप्तिसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

कांग्रेसका पूर्वसहमहामन्त्रीसहित तीन नेता पार्टीबाट निष्काशित (विज्ञप्तिसहित)

काठमाडौं, १० साउन । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, महासमिति सदस्य पुष्करनाथ ओझा र डडेलधुरा जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई कारबाही गरेको छ । शनिबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले जोशी र ओझालाई ५-५ वर्ष र विष्टलाई ३ वर्ष पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

अन्तिम स्पष्टीकरण चित्तबुझ्दो नभएको र अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो र भिडियो पार्टी विधानविपरीत रहेको भन्दै कारबाही गरिएको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);