एएफसी यू–१९ च्याम्पियनसिपमा युएईसँग नेपाल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

एएफसी यू–१९ च्याम्पियनसिपमा युएईसँग नेपाल पराजित

nepal vs uae AFC

काठमाडौं, २१ कात्तिक । एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको क्वालिफायर्स खेलमा नेपाल युएईसँग पराजित भएको छ । बुधबार इरानको तेहरानस्थित पिएएस स्टेडियममा भएको खेलमा नेपाल युएइसँग ४–० गोल अन्तरले पराजित भएको हो ।

युएईले नेपाललाई पहिलो हाफमा २ गोल तथा दोस्रो हाफमा २ गोल गरेको थियो । नेपालले पनि आक्रमणको प्रयास गरे पनि सफल हुन सकेन । प्रतियोगितामा नेपाल समूह ’डी’ मा रहेको छ । जुन समूहमा नेपालसहित कीर्गिस्तान, युएइ र इरान रहेका छन् । नेपालले दोस्रो खेल इरानसँग २२ गते र तेस्रो खेल २४ गते कीर्गिस्तानसँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);