च्याम्पियन्स लिग : मड्रिडद्वारा गलातासारे फराकिलो गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

च्याम्पियन्स लिग : मड्रिडद्वारा गलातासारे फराकिलो गोल अन्तरले पराजित

football

एजेन्सी, २१ कात्तिक । च्याम्पियन्स लिग फुटबल अन्तर्गत रियल मड्रिडले दोस्रो जीत निकालेको छ । बुधबार राति भएको खेलमा मड्रिडले गलातासारे माथि ६–० को फराकिलो जीत निकालको हो ।

रियलको जीतमा रोड्रिगोले ह्याट्रिक गर्दा करिम बेन्जिमाले २ तथा सर्जियो रामोसले एक गोल गरेका थिए । घरेलु मैदानमा मड्रिडले रोड्रिगोको गोल मार्फत खेल शुरु भएको चौथो मिनेटमै अग्रता बनाएको थियो । ७ ओैं मिनेटमा रोड्रिगोले व्यक्तिगत तथा टिमका लागि दोस्रो गोल थपेका थिए । १४ औं मिनेटमा मड्रिडले पेनाल्टी पाएपछि गोल संख्या ३ पुगेको थियो ।

पेनाल्टीमा रामोसले गोल गरेका थिए । पहिलो हाफमै ४ गोल खाएको गालातासारेले दोस्रो हाफमा अरु २ गोल ब्यहोरेको थियो । पहिलो हाफको अन्तिममा करिम बेन्जिमाले गोल गरेका थिए । ८१ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो तथा टिमका लागि ५ औं गोल गरे भने रोड्रिगोले इन्जोरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);