ला लिगामा रियल र बार्सिलोनाको प्रभावशाली जीत | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

ला लिगामा रियल र बार्सिलोनाको प्रभावशाली जीत

एजेन्सी, १३ फागुन । स्पेनिस ला लिगामा रियल मड्रिड र बार्सिलोनाले प्रभावशाली जीत दर्ता गरेका छन् । ला लिगा अन्तर्गत गएराति भएका खेलमा रियल मड्रिडले अलाभेसमाथि ४–० को जित दर्ता गर्‍यो भने बार्सिलोनाले जिरोनालाई ६–१ ले पाखा लगायो ।

रियल मड्रिडको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा गारेथ बेल र करिम बेन्जिमाले एक एक गोल गरे । पहिलो हाफको अन्तिममा पहिलो गोल गरेका रोनाल्डोले खेलको ६१ औं मिनेटमा दोस्रो गोल गरे भने बेलले दोस्रो हाफको पहिलो मिनेटमा आफ्नो नाममा एक गोल लेखाए । बेन्जिमाले खेल सकिन एक मिनेट बाँकी रहेको अवस्थामा पेनाल्टीमार्फत गोल गरेका हुन् । अलाभेसमाथिको जितसँगै रियल मड्रिडको २५ खेलबाट ५१ अंक भएको छ ।

गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले जिरोनामाथि ६–१ को जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले ह्याट्रिक गरे भने लिओनल मेस्सीले दुई गोल गरे । अर्को एक गोल काउटिन्होले गरेका हुन् । खेलको पाँचौं मिनेटमा पहिलो गोल गरेका स्वारेजले ४४ औं र ७६ औं मिनेटमा गोल थपेर ह्याट्रिक पूरा गरेका हुन् ।

मेस्सीले ६ मिनेटको अन्तरमा दुई गोल गरे । उनले ३० र ३६ औं मिनेटमा गोल गरेका हुन् । खेलमा अग्रता भने जिरोनाले लिएको थियो । जिरोनाले खेलको तेस्रो मिनेटमा नै बार्सिलोनाविरुद्ध गोल गरेको थियो । जिरानामाथिको जितपछि बार्सिलोनाको २५ खेलबाट ६५ अंक भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);