प्रिमियर लिगमा लिभरपुलद्वारा वेष्टह्याम ४–१ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

प्रिमियर लिगमा लिभरपुलद्वारा वेष्टह्याम ४–१ ले पराजित

एजेन्सी, १३ फागुन । इङ्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । वेष्टह्याम युनाइटेडलाई ४–१ गोल अन्तरले पराजित गर्दै लिभरपुल २८ खेलबाट ५७ अंकसहित दोस्रो स्थानमा उक्लिएको हो ।

एक खेल कम खेलेको म्यानचेस्टर युनाइटेडको ५६ अंक छ भने शीर्ष स्थानको म्यानचेस्टर सिटीको ७२ अंक छ । म्याचेस्टर युनाइटेडलाई तेस्रो स्थानमा धकेलेर दोस्रो स्थानमा उक्लिने क्रममा गएराति भएको खेलमा लिभरपुलका लागि इम्रे कान, मोहम्मद सलाह, रोबर्टो फिरमिनो र सादिओ मानेले एक एक गोल गरे ।

कानले खेलको २९ औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएकामा सलाह, फिरमिनो र मानेले दोस्रो हाफमा गोल गरेका हुन् । वेष्टह्याम युनाइटेडका लागि एन्टोनिओले सान्त्वना गोल फर्काए ।

इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएका अन्य खेलमा ब्राइटनले स्वान्सीलाई ४–१ र हडर्सफिल्डले वेस्ट ब्रोमलाई २–१ ले पराजित गरेका छन् भने लेस्टर सिटीले स्टोक सिटीसँग १–१ गोलको बराबरी खेलेको छ । बर्नमाउथ र न्युक्यासल तथा बर्नले र साउथह्यामटनले पनि बराबरी खेलेका छन् । लिग अन्तर्गत आजराति शीर्ष स्थानको म्यानचेस्टर सिटीले आर्सनलको र म्यान्चेस्टर युनाईटेडले चेल्सीको सामना गर्ने छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);