प्रिमियर लिग : न्यूकासल हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लियो | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

प्रिमियर लिग : न्यूकासल हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लियो

newcastle-liverpool

एजेन्सी, २२ बैशाख । न्यूकासल युनाइटेडलाई हराउँदै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले न्यूकासलमाथि ३–२ को जित निकालेको हो ।

कठिन खेलमा लिभरपुललाई विजयी गराउन डिभोक ओरीगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका । यसअघि, लिभरपुलका लागि भर्जिल भान डाइक र मोहम्मद सालाहले गोल गर्दा न्यूकासलका क्रिश्चियन अत्सु र सोलोमन रन्डनले एकरएक गोल फर्काएका थिए ।

यो जितसँगै लिभरपुलले उपाधि जित्ने सम्भावना जीवित राखेको छ । लिगमा ३७ खेल खेलेको लिभरपुलको ९४ अंक भएको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटी ९२ अंकसहित दोस्रो स्थानमा छ । म्यानचेस्टर सिटीले सोमबार राति लेस्टर सिटीसित खेल्नेछ ।

उता, कार्डिफ सिटी इंग्लिस प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ । शनिबार राति भएको खेलमा क्रिस्टल प्यालेससित ३–२ ले पराजित हुँदै कार्डिफ ‘रेलिगेसन’मा परेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);