जनकपुर टि–२० क्रिकेट लिग वैशाख ३१ देखि सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

जनकपुर टि–२० क्रिकेट लिग वैशाख ३१ देखि सुरु हुने

janakpur t20 cricket

धनुषा, २१ बैशाख । धनुषा क्रिकेट संघको आयोजनामा प्रदेश नं. २ को राजधानी जनकपुरधाममा जनकपुर टि–२० क्रिकेट लिग हुने भएको छ । क्रिकेट खेलको सम्बद्र्धन प्रबद्र्धनको लागि तल्लो तहदेखि नै क्रिकेटलाई उकास्न एवम् बढावा दिन धनुषा क्रिकेट संघले वैशाख ३१ गतेदेखि लिगको सुरुवात गर्ने भएको छ ।

शनिबार धनुषामा पत्रकार सम्मेलन गरी धनुषा क्रिकेट संघका उपाध्यक्ष शोभाकान्त पाण्डेले खेलमैत्री वातावरण सृजना गर्न र सानो सानो क्रिकेट टिमहरुलाई बढावा दिने उद्देश्यले लिगको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

यस लिगमा अधिकतम ६० वटा टिमलाई सामेल गराउने उद्देश्यकासाथ धनुषा क्रिकेट संघले गृहकार्य गरिरहेको जनाएको छ । यस खेलको आयोजनामा करिब ८ लाख खर्च हुने आयोजकले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);