विश्वकप सुपर लिगको खेल जुलाई ३० देखि सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

विश्वकप सुपर लिगको खेल जुलाई ३० देखि सुरु हुने

icc cwc super league

एजेन्सी, १२ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ‘विश्वकप सुपर लिग’को खेल यही जुलाई ३० देखि सुरु हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले सन् २०२३ मा भारतका आयोजना हुने एक दिवसीय विश्वकपको छनोटका रुपमा रहेको विश्वकप सुपर लिग क्रिकेट यही जुलाई ३० देखिसुरु हुने घोषणा गरेको हो ।

यस अन्तर्गत इंग्ल्याण्ड र आयरल्याण्डबीच एकदिवसीय सिरिज विश्वकप सुपर लिग क्रिकेटको पहिलो खेल हुनेछ । सुपर लिगमा १३ टिमको सहभागिता रहने छ । जसमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन् । सन् २०१५देखि १७ सम्म भएको विश्व क्रिकेट लिगको विजेता भएर नेदरल्याण्ड्सले सुपर लिगमा खेल्ने अवसर पाएको हो ।

सुपर लिगमा होम एण्ड अवेका आधारमा चार–चार खेलको सिरिज खेलिनेछ । सुपर लिगमा शीर्ष ७ मा पर्ने टिमले सन् २०२३ मा हुने एकदिवसिय विश्वकप क्रिकेटमा स्थान बनाउनेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);