राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं, १३ साउन । सरकारले राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको सिफारिस समितिले सिलवाल सहित अन्जु श्रेष्ठ र लिलबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । सरकारले झण्डै एक बर्ष अघि सिलवाललाई राखेपको सदस्य सचिवमा नियुक्त गरेको थियो । तर राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयनमा आएसंगै सदस्य सचिव पदको पद खारेज भएको थियो ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सम्पन्न गरेर प्रधानमन्त्रीको मन जितेका सिलवालले प्रधानमन्त्रीसंगै परामर्श गरेर पुन सदस्य सचिवको दौडमा उत्रिएका थिए । यस्तै, बैठकले राखेपको उपाध्यक्ष शिव कोईरालालाई नियुक्त गर्ने निर्णय गरेको छ । कोईराला नेकपाको खेलकुद महासंघका सह संयोजक हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);