राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राखेपको सदस्य सचिवमा रमेश सिलवाल नियुक्त

काठमाडौं, २३ असार । सरकारले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गरेको छ । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सोमबार मदन भण्डारी स्र्पोटर्स एकेडेमीका पूर्व अध्यक्ष सिलवाललाई राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा नियुक्त गर्नु भएको हो ।

निवर्तमान सदस्य सचिव केशवकुमार विष्टको कार्यकाल गत असार ९ गते सकिएपछि सो पद रिक्त रहेको थियो । नवनियुक्त सदस्य सचिव सिलवालले सोमबारनै पद तथा गोपनियतको सपथ लिनु भएको छ ।

युवा तथा खेलकुद मन्त्री विश्वकर्माले आफ्नै मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी सिलवाललाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो । सपथ ग्रहण पछि संचारकर्मीसँगै कुरा गर्दै नवनियुक्त सदस्य सचिव सिलवालले चार महिना भित्र सम्पन्न गर्नुपर्ने दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको चुनौतिलाई सामना गरेर अघि बढने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले नेपालको खेलकुद क्षेत्रलाई राष्ट्रको प्रतिष्ठासँग जोडेर अघि बढाउने योजना पनि सार्वजनिक गर्नु भयो ।

तत्कालीन एमालेको युवा संघको उपाध्यक्ष समेत भईसक्नु भएका सिलवाल प्रधानमन्त्री केपी ओली निकट मानिनुहुन्छ । उहाँले आफूलाई सो पदको जिम्मेवारी दिनु भएकोमा प्रधानमन्त्री ओली र मन्त्री विश्वकर्माप्रति आभार पनि व्यक्त गर्नु भयो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);