फुटबलर पेमा र बिनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

फुटबलर पेमा र बिनासहित आठजना राखेप बोर्ड सदस्यमा नियुक्त

काठमाडौं । फुटबलर पेमा लामा डोल्मा र बिना श्रेष्ठसहित आठजनालाई  युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बार्ड सदस्यमा नियुक्त गरेको छ । 

बिहीबार बिहान खेलकुदमन्त्री  महेश्वर गहतराजले पेमा र बिनासहित आठ  बोर्ड सदस्यलाई नियुक्त गरेका हुन् । मन्त्रालयमा भएको एक कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको सपथ खाएका हुन् ।

बोर्ड सदस्यमा नियुक्त हुनेमा पेमा डोल्मा लामा, बिना श्रेष्ठ, मोहमद फाजिल, जनकप्रसाद बर्तौला, दिपेन्द्र विष्ट, प्रकाशकुमार कुसारी, अन्जन धमला र श्रीमान थापा मगर छन् ।

पेमा पूर्वफुटबलर हुन् । हाल उनी अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्य र महिला समितिको संयोजक हुन् । यस्तै बिना भने फिफा रेफ्री हुन् । 

यसअघि खेलकुद मन्त्रालय मन्त्रालयले राखेपमा नाै जना बोर्ड सदस्यलाई पदमुक्त गरेको थियो । रिक्त पदमा मन्त्रालयले नयाँ सदस्य नियुक्त गरेको हो । 

यसअघि सरकारले राखेपका सदस्य सचिव रमेशकुमार सिलवाललाई बर्खास्त गरेको थियो । एन्फाले नयाँ सदस्य सचिवका लागि खेलकुद ऐनअनुसार दस्ताखर आह्वान गरेको छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);