म्यानचेस्टर सिटीलाई लिग कप उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

म्यानचेस्टर सिटीलाई लिग कप उपाधि

एजेन्सी, १४ फागुन । इङ्लिस क्लब म्यानचेस्टर सिटीले यो सिजनको पहिलो उपाधि हात पारेको छ । म्यानचेस्टर सिटीले इएफएल कपको उपाधि पाँचौं पटक हात पारेको छ ।

इएफएल कपको उपाधि लिभरपुलवाहेक अरुले पाँच पटकभन्दा बढी जितेका छैनन् । सिजनको पहिलो उपाधि हात पार्ने क्रममा म्यानचेस्टर सिटीले आर्सनललाई ३–० ले पराजित गरेको छ । यो उपाधि प्रशिक्षक पेप ग्वार्डिवलाका लागि पनि पहिलो हो । ग्वार्डिवलाले गत सिजनबाट सिटीको प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए ।

सिटीको जितमा सर्जियो अग्वुरो, भिसेन्ट कम्पनी र डेभिड सिल्भाले १-१ गोल गरे । अग्वुरोले खेलको १८ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा १–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा थप दुई गोल गर्‍यो । ५८ औं मिनेटमा कम्पनी र ६५ औं मिनेटमा सिल्भाले गोल गरेका हुन् । आर्सनलले गोलका केही राम्रा अवसर गुमाएको थियो । सिटी यो सिजन इङ्लिस प्रिमियर लिगमा शीर्ष स्थानमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);