बास्केटबल : त्रिभुवन आर्मी र हिमालयन हण्डस विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बास्केटबल : त्रिभुवन आर्मी र हिमालयन हण्डस विजयी

काठमाडाैं, १२ फागुन । अन्तर क्लब डबल लिग बास्केटबल प्रतियोगितामा आज त्रिभुवन आर्मी क्लब र हिमालयन हण्डस विजयी भएका छन् ।

भद्रकाली स्थित आर्मी क्लबमा भएको होम म्याचमा आर्मीले बुढानिलकण्ठ नगरपालिकालाई ८९–७६ ले हरायो । खेलभरी नै बुढानिलकण्डलाई दबाबमा राखेको आर्मीले पहिलो र दोस्रो क्वार्टरमा २४–२१ र २१–१३ को अग्रता लिँदै हाफ टाइम सम्म २० अंकको अग्रता लिएको थियो ।

तेस्रो क्वार्टरमा बुढानिलकण्ठले २३–२८ को अग्रता लिँदै खेलमा फर्किने प्रयास गरेपछि अन्तिम क्वार्टरमा आर्मीले २१–१४ ले अग्रता लिएपछि पराजित हुन पुग्यो । त्रिभुवन आर्मी क्लबको यो लगातार चौथो जित हो । आर्मी ४ खेलबाट १२ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार नै भएको अर्को खेलमा हिमालयन हण्डसले गोल्डेनगेट इन्टरनेश्नल क्लबलाई ७८–७३ को स्कोरमा हरायो । प्रतिष्पर्धात्म खेलको पहिलो क्वार्टरमा हिमालयन हण्डस १९–१५ ले अघि रहेको थियो भने दोस्रो क्वार्टरमा गोल्डेनगेटले १२–२३ को अग्रता लियो ।

पछिल्लो दुई क्वार्टरमा हिमालयन २४–२१ र २३–१४ ले अघि रहँदै हिमालयन विजयी भयो । हिमालयन हण्डसलाई जित दिलाउनका लागि सौरभ श्रेष्ठ एक्लैले ३४ स्कोरको योगदान दिए । हिमालयन हण्डस ४ खेलाबाट ६ अंक बनाउँदै तेस्रो स्थानमा उक्लएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);