च्याम्पियन्स लिग फुटबल : मेस्सीलाई उछिन्दै रोनाल्डोले बनाए अर्को कीर्तिमान | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, २९ भदौ । च्याम्पियन्स लिग फुटबलमा साविक विजेता रियल मड्रिडले विजयी सुरुवात गरेको छ। साबिकको विजेता समेत रहेको रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरुवात गरेको हो।

गएराति सुरु भएको यो सिजनको समूह चरणको खेलमा समूह एचमा रहेको रियल मड्रिडले साइप्रसको अपोल निकोसियालाई ३-० ले पराजित गरेको छ । रियलको जितमा क्रिष्टियानो रोनाल्डोले दुई तथा सर्जियो रामोसले एक गोल गरे।

घरेलु मैदानमा भएको अ‍ेलमा रोनाल्डोको गोलमा पहिलो हाफमा १-० को अग्रता लिएको रियलले दोस्रो हाफको सुरुमा नै पेनाल्टीको अवसर पायो । ५१ औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत रियललाई २-० को अग्रता दिलाएकामा ६१ औं मिनेटमा रामोसले अग्रता बढाए।

यो सँगै रोनाल्डो च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन्। उनले च्याम्पियन्स लिग अन्तर्गत घरेलु मैदानमा भएका खेलमा अहिलेसम्म ५५ गोल गरेका छन् । रोनाल्डोले यसमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीलाई पछि पारेका हुन् ।

समूह एच अन्तर्गतकै खेलमा इंग्लिस क्लब टोटनह्यामले जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३-१ ले पराजित गरेको छ। टोटनह्यामको जितमा ह्यारी केनले दुई तथा सन हेङ–मिनले एक गोल गरे । बोरुसियाका लागि एण्ड्री यार्मोलेन्कोले एक गोल फर्का।गएराति नै भएको समूह एफ अन्र्तगतको खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले डच क्लब फाइनोर्डलाई ४-० ले पराजित गरेको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);