च्याम्पियन्स लिगः बार्सिलोनाद्वारा युभेन्टस ३–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, २८ भदौ । च्याम्पियन्स लिग फुटबलको समुह चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई ३–० ले हराएको छ ।

बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको ४५ औँ र ६९ औँ मिनेटमा गोल गरे । यस्तै इभान राकिटिकले खेलको ५६ औँ मिनेटमा गोल गरे । गएको सिजनको फाइनलसम्म पुगेको युभेन्टसमाथि मंगलबार बार्सिलोना हाबी भएको थियो । खेलमा ६४ प्रतिशत बल बार्सिलोनाको पक्षमा थियो । पोस्टमा ७ वटा उत्कृष्ट प्रहार गरे पनि युभेन्टसले गोल गर्न भने सकेन ।

मंगलबारको गोलसँगै मेस्सीले च्याम्पियन्स लिगमा विभिन्न २७ टिमविरुद्ध गोल गरिसकेका छन् । च्याम्पियन्स लिगको समूह चरणमा सन् २००९ मा बायन मुनिखसँग ४–१ ले हारेपछि युभेन्टसको मंगलबार बार्सिलोनासँगको हार नै फराकिलो अन्तरको हार हो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);