युईएफए सुपर कपको उपाधि एथ्लेटिकोलाई, रियल ४–२ ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

युईएफए सुपर कपको उपाधि एथ्लेटिकोलाई, रियल ४–२ ले पराजित

uefa super cup

एजेन्सी , ३१ साउन । रियल मड्रिडलाई ४–२ ले हराउँदै एथ्लेटिको मड्रिडले युईएफए सुपर कपको उपाधि जितेको छ । इस्टोनियाको टेलिनमा भएको खेलमा एथ्लेटिकोले छिमेकी क्लब रियाललाई अतिरीक्त समयमा ४–२ गोलले हराउँदै उपाधि उचालेको हो ।

रियलले निर्धारीत ९० मिनेटमा कायम गरेको एक गोलको अग्रतालाई जोगाउन नसक्दा पराजित हुनुपर्‍यो । खेलको पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलमार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो । तर, २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई बराबरीमा ल्याए ।

पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल दुई–दुई गोलमा पुग्यो ।

त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो । जसमा एथ्लेटिकोले दुई गोल गर्न सफल भयो । ९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकेले एक सय चार मिनेटमा अर्को गोल थपे । जसका कारण साविक विजेता रियल स्तब्ध बन्यो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);