विश्व फुटबल बरियतामा नेपाल १ सय ६१ औं स्थानमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

विश्व फुटबल बरियतामा नेपाल १ सय ६१ औं स्थानमा

काठमाडौं, ३१ साउन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ बरियातामा नेपाल यथास्थानमा रहेको छ । अघिल्लो महिना १ सय ६१ औं स्थानमा रहेको नेपाल यो महिना पनि सोही स्थानमा रहन सफल भएको हो ।

फिफाले यो पटक देखि वरीयता निर्धारण गर्ने मपदण्डमा ब्यापक फेरबदल गरेको छ । यसअघि अघिल्लो वरीयता खेलको औसत अंक जोड्ने प्रावधान थियो । लामो समयको परीक्षण पश्चात अब वरियताका लागि अघिल्लो वरियताको अंकमा वरियता सार्वजनिक गरिने महिना भर खेलेको खेलको अंक जोडिने वा घट्नेछ ।

अब महिनाभर निष्क्रिय रहने राष्ट्रिय फुटबल संघको अंक घट्ने छैन । तर आफूभन्दा कमजोर टिमसँग बराबरी वा हारेको खण्डमा अंक घट्नेछ । फिफा वरियतामा फ्रान्स शीर्ष स्थानमा उक्लिएको छ ।

विश्वकप विजेता फ्रान्स ६ स्थानमाथि उक्लिँदै शीर्ष स्थानमा पुग्न सफल भएको हो । विश्वकपको उपविजेता क्रोएसियाले १६ स्थानमाथि उक्लिँदै २० औंबाट चौथो स्थानमा फड्को मारेको छ ।

उरुग्वे पनि १४ औंबाट नौ स्थानमाथि उक्लिँदै पाँचौंमा पुगेको छ । यस्तै इंग्ल्याण्ड १२ औंबाट छैटौं स्थानमा उक्लिएको छ भने डेनमार्क १२ औंँ स्थानबाट नवौं स्थानमा उक्लिएको छ ।

यो महिना सबैभन्दा ठूलो फड्को विश्वकपको क्वार्टर फाइनलिस्ट रसियाले मारेको छ । यस अघि ७० औं स्थानमा रहेको रसिया २१ स्थानमाथि उक्लिँदै ४९ औं स्थानमा पुगेको छ । एसियामा इरानले आफ्नो अग्रता कायमै राखेको छ ।

इरान विश्व वरीयतामा पाँच स्थान माथि उक्लिँदै ३२ औं स्थानमा पुगेको छ । एसियामा दोस्रो स्थानमा रहेको अष्ट्रेलिया ४३ औं स्थानमा छ भने ६ स्थान माथि उक्लिँदै ५५ औं स्थानमा रहेको जापान एसियाको तेस्रो स्थानमा छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);