एसियाली खेलकुद : नेपाल भियतनामसँग २–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

एसियाली खेलकुद : नेपाल भियतनामसँग २–० ले पराजित

nepalvsvietnam

काठमाडौं, १ भदौ । इण्डोनेसियामा भइरहेको १८औँ एसियन खेल अन्तर्गत हिंजो भएको फुटबल खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । इण्डोनेसियाको विभाहा मुक्ति रङ्गशालामा हिंजो साँझ भएको खेलमा खेल शुरु भएको ३०औँ मिनटेमा भियतनामका एन न्युजेमले एक गोल गरी भियतनाम लाइ अग्रता दिलाएका थिए ।

खेलको ६२औँ मिनेटमा भान डक फानले अर्को गोल गरी अग्रतालाइ दोब्बर बनाउन सफल भए । त्यसपछि खेलमा दुवैतर्फबाट थप गोल हुन सकेन र खेल भियतनामले जित्यो । यस अघि भएको खेलमा नेपाल जापानसँग १–० ले पराजित भएको थियो ।

समूह ‘डी’ मा रहेको नेपालले समूहचरणको अन्तिम खेल भने आगामी आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । यस प्रतियोगिताको औपचारिक उद्घाटन भने भदौं २ गते हुनेछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);