नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित

काठमाडौं, ७ भदौ । १५ वर्षमुनिको साफ च्याम्पीयनसीप अन्तरर्गत आज भएको नेपाल र भारतबीचको फुटबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । आजको खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

 

राजधानीको सातदोबाटोमा आज समूह चरणको दोस्रो खेल भएको थियो । भारतसँग पराजित भए पनि नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ। नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ६-0 ले पराजित गरेको थियो।

 

भारतसँग पराजित भएसँगै नेपाल समूह ‘बी’ को उपविजेतामा सिमित भएको छ । भारत समूहको विजेता बनेको छ । खेलको पहिलो हाफमा १–१ को बराबरी थियो ।   त्यसपछि खेलमा नेपालको कुनै गोल हुन सकेन र खेल भारतले २–१ गोल अन्तरले जित्यो । भारतका रविबहादुर रानाले ६५ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);