यू १५ फुटबल च्याम्पियनसिपः नेपाल र भारतबीच प्रतिस्पर्धा सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, ७ भदौ । नेपालमा जारी साफ यू १५ फुटबल च्याम्पियनसिपको खेलमा नेपालले. भारतको सामना उत्रदै छ ।  खेल ३ः०० बजे सुरु भएको हो ।

 

समुह चरणको पहिलो खेलमा माल्दिभ्सलाई ६–० ले हराएको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रने छ । आजको खेलमा सहज नतिजा निकालेर समुह विजेताका रुपमा नेपालले सेमिफाइनलको यात्रा गर्ने नेपालका प्रशिक्षकको दाबी छ । यस अघि मंगलबार भएको खेलमा बंगलादेशले भुटानलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बंगलादेशले भुटानलाई ३–० गोलअन्तरले पाखा लगाउँदै समूह एको विजेता बनेको छ । खेलको पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा दुई गोल थप्यो । पहिलो हाफको २५ औँ मिनेटमा बंगलादेशका खेलाडी मोहम्मद फोयसल अहमद फिहिमले एक गोल गर्दै खाता खोले ।

 

त्यस्तै, खेलको ५२ औँ र ८२ औँ मिनेटमा बंगलादेशका अर्का खेलाडी मोहम्मद मिराज मोलाले दुई गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);