साफ यू-१५ फुटबलको सेमिफाइनल समीकरण पूरा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

साफ यू-१५ फुटबलको सेमिफाइनल समीकरण पूरा

काठमाडौं, १२ कात्तिक । साफ यू–१५ च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ए बाट बंगलादेश र नेपाल तथा समूह बी बाट पाकिस्तान र भारत सेमिफाइनलमा पुगेका छन् ।

सेमिफाइनलमा नेपालले समूह बी को विजेता पाकिस्तानसँग खेल्नेछ भने विजेता बंगलादेशले समूह बी को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलको ६० मिनेट १० खेलाडीमा समेटिएको बंगलादेशबिरुद्ध नेपालले जित हासिल गर्न सकेन । घरेलु मैदानमा पनि नेपालले स्तरीय खेल प्रदर्शन गर्न सकेन ।

खेलको दोस्रो मिनेटमै बंगलादेशले अग्रता लिएको थियो । मोहम्मद अहख सकिलले बंगलादेशका लागि सुरुआती गोल गरेका थिए । घरेलु मैदानमा एक शून्यले पछि परेको स्थितिमा नेपाल खेलमा फर्कन प्रयासरत थियो ।

३२औं मिनेटमा बंगलादेशी गोलरक्षक मितुल मार्माले गम्भीर गल्ती गरे । उनले नेपाली स्ट्राइकर राकेश विश्वकर्मालाई डिबक्सभित्र फल गरे । रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाए भने नेपाललाई पेनाल्टीको अवसर दिए ।

३६औं मिनेटमा जान लिम्बुले गोल गरी खेल बराबरीको अवस्थामा ल्याएका थिए । पहिलो हाफमा एक एक गोलको बराबरी खेले पनि दोस्रो हाफको सुरुमै नेपालले गोल खायो । दोस्रो हाफ सुरु भएको केहि सेकेण्डमै बंगलादेशका मोहम्मख राइओन हवलदारले गोल गरेका थिए ।

हारसँगै नेपाल प्रतियोगिताको समूह ए बाट उपविजेता बनेको छ । यसअघि सोमबारै भएको खेलमा भारतले भुटानलाई ४–० गोलले हराउँदै समूह उपविजेताको रुपमा सेमिफाइनलमा पुग्यो । भारतको जितमा सुब्बाब कुसाङले २ गोल गर्दा पाउल सुभोले एक गोल गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);