भारत यू-१५ साफ च्याम्पियनसिप फुटबलकाे सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

भारत यू-१५ साफ च्याम्पियनसिप फुटबलकाे सेमिफाइनलमा

काठमाडौं, १२ कात्तिक । यू–१५ साफ च्याम्पियनसिप फुटबलमा भारत सेमिफाइनलमा पुगेको छ । सोमबार भएको पहिलो खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह उप विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको हो।

सुरुदेखिनै भुटानमाथि दबाब राखेको भारतले चौथो मिनेटमा अग्रता बनाएको थियो । उसका लागि पाउल सुभोले गोल गरेका थिए । पहिलो हाफमा १ गोल गरेको भारतले दोस्रो हापमा ३ गोल थपेको थियो ।

भारतका सुब्बाब कुसाङले ६६औं मिनेटमा टिमकालागि दोस्रो गोल गरेका थिए । उनै सुब्बाले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा भारत ३–० ले अघि बढेको थियो । ९०औं मिनेटमा पनि भारतले गोल गर्दै ४–० को जित निकालेको हो ।

भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए । पाकिस्तान ६ अंक सहित समूह विजेताको रुपमा सेमिफाइनलमा पुगि सकेको छ । आजै समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);