बंगलदेशको शानदार जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौँ, भदौ ३ ।
१५ वर्षमुनिको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता शुक्रबार ललितपुरमा शुरु भएको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको उद्घाटन खेलमा बंगलदेशले शानदार जित निकालेको छ । बंगलादेशले श्रीलंकामाथि ४–० गोल अन्तरको शानदार जित निकालेको हो । समुह ‘ए’ को खेलमा सुरुवातदेखि हावी भएको बंगलादेशले श्रीलंकलाई गोलको कुनै मौका दिएन ।

 

मिडफिल्डर मोहम्मद फैसल अहमद फहिमले खेलको २८ औं मिनेटमा करिब १० यार्डबाट गोल गरेर अग्रता दिलाएका थिए । उनले ३२ औं मिनेटमा अग्रता दोब्बर गरे । पहिलो हाफको समाप्ति अघि बंगलादेशका लेफ्ट ब्याक येसिन अराफातले गरेको क्रस सोझै गोलमा परिणत भएको थियो ।

 

पहिलो हाफमा ३–० को अग्रता लिएको बंगलादेशले दोस्रो हाफमा पनि पकड जमायो । अहमद फहिमले ७६ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । समूह ‘बी’ अन्तर्गत आज भारत र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘बि’ मा रहेको आयोजक नेपालले पहिलो खेलमा सोमबार माल्दिभ्सको सामना गर्नेछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);