यू-१५ साफ : पाकिस्तानको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यू-१५ साफ : पाकिस्तानको लगातार दोस्रो जित

काठमाडौं, १० कात्तिक । यू–१५ साफ च्याम्पियनसिप फुटबलमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ । समूह बीमा रहेको पाकिस्तानले पहिलो खेलमा भारतलाई २–१ ले पराजित गरेको थियो । यसैगरी शनिबार भएको दोस्रो खेलमा पाकिस्तानले भूटानमाथि ४–० को जित निकालेको छ ।

पाकिस्तानले सबै गोल पहिलो हाफमा मात्रै गरेको हो । २० औं मिनेटमा मुदासर नजरले गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए ।

यसैगरी इफ्तिकर अहमदले २३ औं मिनेटमा गोल गर्दै पाकिस्तानको अग्रता दोब्बर पारे । त्यसैगरी एक पक्षिय खेलमा २९औं मिनेटमा पाकिस्तानले तेस्रो गोल गरेको थियो ।

जसमा मोइन अहमदले गोल गरेका हुन् । यसैगरी ४२औं मिनेटमा मोइन अहमदले व्यक्तिगत दोस्रो तथा पाकिस्तानका लागि चौथो गोल गरे ।

दोस्रो हाफमा थप गोल नभएपछि पाकिस्तानले भूटानमाथि ४–० को फराकिलो जित निकाल्न सफल भयो । आजै अर्को खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);