स्पेनको सानदार जित, इजरायल पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्पेनको सानदार जित, इजरायल पराजित

विश्वकप छनौट अन्तर्गत भएको खेलमा स्पेनको शानदार जित, इजरायल ४–१ ले पराजित, जित सँगै स्पेन समुह जीको शीर्ष स्थानमा

स्पेनको सानदार जित

काठमाडौं । विश्वकप २०१८ को छनौट अन्तर्गत भएको खेलमा स्पेनले शानदार जित निकालेको छ । 

शनिबार राति युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘जी’ मा रहेको स्पेनले घरेलु मैदानमा भएको खेलमा इजरायललाई ४–१ ले हराएको हो । स्पेनको जितमा डेविड सिल्भा, माचिन पेरेज, डिएगो कोस्टा र इस्काले गोल गरे ।

इजरालका लिओर रेफाएलोभले एक गोल फर्काए ।

१३ औं मिनेटमा सिल्भाले गोल गर्दै स्पेनलाई सुरुवाति अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा पेरेजले गोल गरेपछि स्पेनले २–० को अग्रता लियो ।

५१ औं मिनेटमा कोस्टाले गोल गर्दै अग्रता ३–० मा पु¥याए । ७६ औं मिनेटमा इजरायलका रेफाएलोभले गोल फर्काएपछि खेल ३–१ को अवस्थामा पुग्यो ।

८८ औं मिनेटमा इस्काले गोल गर्दै स्पेनलाई ४–१ को जित दिलाए । जितपछि ५ खेलबाट १३ अंक जोडेको स्पेन समूह ‘जी’ को शीर्ष स्थानमा छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);