नेपाल ओमानसँग ५-० गोल अन्तरले पराजित | ईमाउण्टेन समाचार

Our Network

चैत २६ २०८०, सोमबार

नेपाल ओमानसँग ५-० गोल अन्तरले पराजित

काठमाडौँ, २२ कात्तिक । नेपाल ओमानसँग ५–० गोलअन्तरले पराजित भएको छ । एएफसी उन्नाइस वर्षमुनि (यू–१९) च्याम्पियनसिप अन्तर्गत आज भएको समूहचरणको अन्तिम खेलमा नेपाल ओमानसँग पराजित भएको हो ।

खेल कीर्गिस्तानको विस्केकमा भएको थियो । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । ओमानले नेपाललाई खेलको पहिलो हाफमा तीन गोल प्रहार गरेको थियो भने दोस्रो हाफमा दुई गोल थप्यो ।

नेपाल पहिलो खेलमा आयोजक कीर्गिस्तानसँग पराजित भएको थियो भने दोस्रो खेलमा बहराइनसँग पनि पराजित भयो । यसैगरी तेस्रो खेलमा युएईसँग पराजित भएको छ । च्याम्पियनसिपमा चार खेल खेलेको नेपालले सबै खेलमा हार बेहोर्यो । चार खेलमा  नेपालले एक गोल पनि फर्काउन सकेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);