शुक्रबारदेखि निसान कप फुटसल प्रतियोगिता हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

शुक्रबारदेखि निसान कप फुटसल प्रतियोगिता हुने

काठमाडौं, २३ कात्तिक । प्रथम निसान कप अन्तर विद्यालय फुटसल प्रतियोगिता भोलीदेखि हुुने भएको छ । राजधानीमा आज पत्रकार सम्मेलन गरि निसानका अध्यक्ष ओमप्रसाद ढकालले प्रतियोगितामा छात्र तर्फ २८ र छात्रा तर्फ १६ टिमको सहभागिता रहने जानकारी दिए ।

उद्घाटन खेलमा छात्रतर्फ पायोनियर पब्लिक स्कुल र पल्स स्कुल, छात्रा तर्फ जीवन तारा स्कुल र गोकर्णेश्वर लाईट एकेडेमीबीच प्रतिस्पर्धा हुने निसानका महासचिव सौर्य आचार्यले बताए ।

फुट्सल प्रतियोगितको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले शिल्ड मेडल पाउने छन् । प्रतियोगिता २९ गतेसम्म चल्ने छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);