भारतविरुद्ध नेपालको ऐतिहासिक जित | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

काठमाडौँ, २६ कार्तिक । एसिसी यू १९ एसिया कप क्रिकेट अन्तगर्त भएको खेलमा नेपालले भारतलाई १९ रनले पराजित गर्दै ऐतिहासिक जित हात पारेको छ। आइतबार मलेसियामा भएको खेलमा टस हारेर व्याटिङ रोजेको नेपालले ८ विकेटको क्षतिमा १८५ रन जोड्न सफल भएको थियो।

जवाफि ब्याटिङमा उत्रिएको भारतले ४८.१ ओभरमा सबै विकेट गुमाउँदै १६६ रन जोडेपछि नेपालको जित सुरक्षित भएको थियो।

नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ८८ रनको योगदान गरे भने जितेन्द्र सिंहले ३६ रनको योगदान गरे । त्यस्तै भिम सार्कीले १५ रन बनाए । अन्य ब्याट्सम्यानहरुले भने दोहोरो अंक जोड्न सफल भएनन्।